×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको शुक्रबारदेखि सेयर लिलामीमा, कहाँ जाने भर्न ?

PRIME CA
laxmi sunrise bank

कुमारी बैंकको शुक्रबारदेखि सेयर लिलामीमा, कहाँ जाने भर्न ?

अर्थ सरोकार

प्रकाशित मिति : २० असार २०७५, बुधबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार २२ गतेदेखि कुमारी बैंकले सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले संस्थापक सेयर ५ लाख १ हजार ९२१.६९ कित्ता र सर्वसाधारण समूहको६ लाख ३९ हजार ४५२.८१ कित्ता गरि कुल  ११ लाख ४१ हजार ३७४.५० कित्ता सेयर लिलामी गर्ने भएको छ । यसमा असार २९ गतेसम्म बोलपत्र फारम बुझाउन सकिन्छ । संस्थापक सेयरको लिलामीमा न्यूनतम १००० कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र भर्न पाइनेछ । 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र भर्न सकिन्छ । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट काठमाडौं र लगनखेल ललितपुर कार्यालयबाट आवेदन दिन सकिनेछ । यसैगरी, कुमारी बैंकको प्रधान कार्यालय दरबारमार्ग र यसका नेपालगञ्ज, सुर्खेत, धनगढी, वीरगञ्ज, विराटनगर, बुटवल र पोखरा शाखामा पनि बोलपत्र बुझाउन पाउने व्यवस्था छ । 
यसअघि कुमारीले वैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म १ करोड १९ लाख ३८ हजार ९९१.६५ कित्ता हकप्रद सेयर लिलामीमा ल्याएको थियो । त्यतिबेला बिक्री नभएको बाँकी सेयर कुमारीले लिलामीमा ल्याउन लागेको हो । हाल यस बैंकको चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: