×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तको खुद नाफा १७.४९% घट्यो, अरु सूचकको यस्तो छ अवस्था

PRIME CA
laxmi sunrise bank

लक्ष्मी लघुवित्तको खुद नाफा १७.४९% घट्यो, अरु सूचकको यस्तो छ अवस्था

अर्थ सरोकार

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाको गत चालु आर्थिक वर्षको चौथौ त्रैमासमा खुद नाफा ८ करोड ८३ लाख ७९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत बर्षको तुलनामा १७.४९% ले कम हो । अघिल्लो आर्थिक वर्ष लक्ष्मीले १० करोड ७१ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी पनि २.४४% ले घटेर २३ करोड ९४ लाख ५७ हजार कायम भएको छ ।लक्ष्मीको सञ्चालन नाफा पनि १६ करोड ५३ लाखबाट घटेर १३ करोड ३५ लाख ६९ हजार रुपैयाँमा खुम्चिएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट भएको कारणले गर्दा खुद नाफा पनि घटेको हो  । 
गत आर्थिक वर्ष २०७४–७५ को अन्तिम त्रैमाससम्ममा लक्ष्मीले ९७ करोड ९ लाख ८१ हजार निक्षेप संकलन गरी २ अर्ब ६७ करोड १ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको खराब कर्जा पनि बढेको छ । अघिल्लो वर्ष ०.५०% रहेको लक्ष्मीको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा ०.९८% पुगेको छ । 
चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २० करोड २३ लाख ८४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा हुँदा प्रतिसेयर नेटवर्थ भने १८३ रुपैयाँ ६३ पैसा देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: