×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्तको आइपीओ बाँडफाँट, ४७४ जनाको आवेदन रद्द

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० असार २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

नाडेप लघुवित्तको आइपीओ बाँडफाँट, ४७४ जनाको आवेदन रद्द

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँट भएको छ । कम्पनीको आइपीओ गोलाप्रथाबाट ४३ हजार २०० जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । आइपीओमा कुल २ लाख १९ हजार ९१ जनाले आवेदन दिएका थिए । यसमध्ये ४७४ जनाको आवेदन रद्द भएको छ ।
नाडेपले असार १० गतेदेखि १३ गतेसम्म १०० रुपैयाँ अंकित दरको ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । नाडेपले जारी पुँजीको ३०% आइपीओ निष्कासन गरेको हो । ७०% हिस्सा भने संस्थापकसँग रहनेछ । हाल नाडेप लघुवित्तको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: