×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागढुंगाबाट ६ किलो सुनसहित लामा पक्राउ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ असार २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

नागढुंगाबाट ६ किलो सुनसहित लामा पक्राउ

काठमाडौँ – काठमाडौँको नागढुंगाबाट सोमबार बिहान प्रहरीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रसुवागढीबाट काठमाडौँमा तस्करीको सुन ल्याउँदै गरेको अवस्थामा तेञ्जिङ लामालाई  नागढुंगामा चेकपोस्टमा पक्राउ गरेको हो । सिन्धुपाल्चोकको बाह्रबिसेमा घर भएका लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी मोहन थापालका अनुसार मोटरसाइलमा सवार लामाले कम्मरमा पेटी जस्तो बनाइ लुकाएर सुन ल्याउँदै गरेका थिए । पक्राउ परेका लामालाई दिउँसो साढे एक बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रवक्ता थापाले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: