×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल लाइफ इन्सुरेन्सको हकप्रद सेयर खुला, कहाँ जाने भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेसनल लाइफ इन्सुरेन्सको हकप्रद सेयर खुला, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेसनल लाइफ इन्सुरेन्सले ६०% हकप्रद सेयर मंगलबारदेखि बिक्री खुल्ला गरेको छ । कम्पनीले १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रदमा असार २१ गतेसम्म कायम सेयरधनीले भदौ ४ गतेसम्म आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, नेसनलको रजिष्टर्ड कार्यालय लाजिम्पाट र यसका सम्पूर्ण शाखाहरु तथा सी–आस्वाबाट पनि हकप्रद भर्न पाइन्छ ।
हाल नेसनलको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: