×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नेपाल लघुवित्तको २५०% हकप्रद आउंदै, साउन ७ मा बुक क्लोज हुँदै

PRIME CA

नयाँ नेपाल लघुवित्तको २५०% हकप्रद आउंदै, साउन ७ मा बुक क्लोज हुँदै

अर्थ सरोकार

प्रकाशित मिति : ३१ असार २०७५, आईतवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले २५०% हकप्रद आउने भएको छ  । कम्पनीले हकप्रद बिक्री गर्नको लागि साउन ७ गते बुक क्लोज गर्ने भएको छ । 
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्कासन गर्ने अनुमति प्रदान गरिसकेको छ । कम्पनीले १ः२.५ अनुपातमा ६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको हो । अब यो हकप्रदमा साउन ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । हाल यो लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि भने पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: