×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको खुद नाफा ९.०४% ले वृद्धि, प्रति सेयर आम्दानी ४२.२७ रुपैयाँ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल बैंकको खुद नाफा ९.०४% ले वृद्धि, प्रति सेयर आम्दानी ४२.२७ रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३ अर्ब ३९ करोड ९७ लाख १८ हजार रुपैयाँ कमाएको विवरण सार्वजनिक भएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.०४% ले बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारका कारण खुद नाफा वृद्धि भएको हो । खुद ब्याज आम्दानी ९.७९% बढेर ६ अर्ब ३६ करोड ५९ लाख ४३ हजार कमाउन सफल भएको छ । त्यसै गरी सञ्चालन नाफामा ४२.२३%  बढेर ४ अर्ब २१ करोड ३६ लाख ९६ हजार रुपैयाँ कमाएको छ  ।
बैंकले ४८ करोड १६ लाख ७३ हजार रुपैयाँ राइट ब्याक गर्दा प्रोभिजनमा ३४ करोड ९७ लाख २५ हजार रुपैयाँ राखेको छ । यता, ९९ अर्ब ८३ करोड १३ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ६३ करोड २४ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा २.९०% र कस्ट अफ फन्ड २.९९% छ । अघिल्लो वर्ष खराब कर्जा ३.३२% र कस्ट अफ फन्ड १.९७% थियो ।
नेपाल बैंकको चुक्ता पुँजी अघिल्लो वर्ष जस्तै अहिले पनि ८ अर्ब ४ करोड २६ लाख ६२ हजार रुपैयाँ नै छ । रिजर्भ कोषमा ६ अर्ब ८० करोड ३७ लाख ९४ हजार रुपैयाँ जम्मा भएको छ । हाल यसले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री गरिरहेको छ । एफपीओपछि पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । 
बैंकले प्रतिकित्ता २८० रुपैयाँ दरमा एफपीओ बिक्री गरेको हो । प्रिमियमबाट आएको रकमले यसको रिजर्भ कोष झन आकर्षक बनाउनेछ । यसको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १८४.६० रुपैयाँ छ । अघिल्लो वर्ष यही अवधिमा प्रतिसेयर आम्दानी ४० रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ६५ पैसा थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: