×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसी लघुवित्तको ६०% हकप्रद आजदेखि बिक्री खुला, साउन २० सम्म भर्न पाइने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ असार २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

आरएसडीसी लघुवित्तको ६०% हकप्रद आजदेखि बिक्री खुला, साउन २० सम्म भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ६०% हकप्रद सेयर आइतबारदेखि बिक्री खुला भएको छ । आरएसडीसीले ५ः३ अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले साउन २० गतेसम्ममा आवेदन दिन सक्नेछन् । 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लगनखेल र लालदरबार काठमाडौं तथा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरमा रहेका कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । आरएसडीसीको बुटवल कालिकानगर कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । 
यसैगरी, आस्वा प्रणालीमा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइन्छ । हाल आरएसडीसीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: