×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता माइक्रोफाइनान्सको हकप्रद बिक्री खुला, कहाँ जाने फारम भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ असार २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

समता माइक्रोफाइनान्सको हकप्रद बिक्री खुला, कहाँ जाने फारम भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समता माइक्रोफाइनान्स वित्तीय संस्थाले बुधबारदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले २ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १ लाख ८९ हजार ६०० कित्ता सेयर बिक्री खुला गरेको हो । 
यो हकप्रदमा असार ११ गतेसम्म कायम सेयरधनीले  साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । 
आवेदन दिने ठाउँ 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन पाइनेछ । 
त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: