×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफको ७४ हजार ३८४ कित्ता सेयर लिलामीमा आउंदै, कहाँ जाने भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

सूर्या लाइफको ७४ हजार ३८४ कित्ता सेयर लिलामीमा आउंदै, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सले साउन १६ गतेदेखि सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको ३ अजार २८९ कित्ता र सर्वसाधारणको ७१ हजार ९५ कित्ता गरी कुल ७४ हजार ३८४ कित्ता  सेयर लिलामीमा ल्याउने भएको छ । लिलामीको बोलपत्र साउन २३ गतेसम्म पेश गर्न सकिनेछ ।
यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखाबाट आवेदन दिन सकिनेछ । लिलामीमा न्यूनतम १०० कित्तादेखि संस्थापकतर्फ अधिकतम सबै कित्ता र सर्वसाधारण समूहमा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ । यो सेयर सबै बिक्री भएपछि सूर्याको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: