×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्तको १००% हकप्रद आउँदै, असार २७ गतेसम्म कायम सेयरधनीले भर्न पाइने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ असार २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

स्वरोजगार लघुवित्तको १००% हकप्रद आउँदै, असार २७ गतेसम्म कायम सेयरधनीले भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रदमा साउन १३ गतेदेखि भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । स्वरोजगारले हकप्रद बिक्री गर्न असार २८ गते बुक क्लोज गर्ने भएकाले असार २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।
बिक्री प्रबन्धक एनएबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको उपत्यका भित्रका तिनकुने, टेकु, बसुन्धरा, कलंकी, लुभु, ठैब र सूर्यविनायक शाखा तथा उपत्यका बाहिरका अधिकांश शाखा कार्यालयबाट हकप्रद भर्न सकिनेछ । यसैगरी, स्वरोजगार लघुवित्त बनेपा, कामना सेवा विकास बैंक ज्ञानेश्वर, सेन्ट्रल फाइनान्स कुपण्डोल र चाबहिल, गुडविल फाइनान्स हात्तिसार, इन्द्रचोक र कुमारीपाटीबाट पनि आवेदन दिन सकिन्छ । 
आस्वाबाट पनि हकप्रद भर्न पाउने व्यवस्था छ । स्वरोजगाको हकप्रद सेयरले इक्रा नेपालबाट ४ प्लस रेटिङ पाएको छ । हाल स्वरोजगारको चुक्ता पुँजी १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी २४ करोड ४९ लाख ९४ हजार ५२० रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: