×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनर्जी फाइनान्सको २५% हकप्रद खुल्ला, कहाँ जाने सेयर भर्न ?

PRIME CA
laxmi sunrise bank

सिनर्जी फाइनान्सको २५% हकप्रद खुल्ला, कहाँ जाने सेयर भर्न ?

अर्थ सरोकार

प्रकाशित मिति : २५ असार २०७५, सोमबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिनर्जी फाइनान्सले २५% हकप्रद सेयर सोमाबारदेखि बिक्री खुल्ला गरिएको छ । सिनर्जीले १ः०.२५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ११ लाख ८६ हजार २२.४७ कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रदमा साउन २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले २५% हकप्रद सेयरका लागि जेठ ३० गते बुक क्लोज गरिसकेको छ ।
तर, २०७४ असोज २५ गतेसम्म सेयर किनेर कायम रहेका सेयरधनीले मात्र सिनर्जीको हकप्रदमा आवेदन दिन सक्नेछन् । बेस्ट फाइनान्सले एक्वायर गर्ने भएपछि नेप्सेमा सिनर्जीको २०७४ असोज २६ गतेदेखि सेयर कारोबार रोकिएको छ । 
यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा सिनर्जीको कर्पोरेट अफिस कमलादी, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि भर्न सकिनेछ ।  हाल सिनर्जीको चुक्ता पुँजी ४७ करोड ४४ लाख ९ हजार रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी ५९ करोड ३० लाख ११ हजार २३६ रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: