×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनशनरत डा.केसीको उपचारको लागि नौ सदस्यीय स्वास्थ्य उपचार टोली गठन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० श्रावण २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

अनशनरत डा.केसीको उपचारको लागि नौ सदस्यीय स्वास्थ्य उपचार टोली गठन

काठमाडौं – २७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको छ ।
सामान्य चिकित्सा विभाग प्रमुख प्रा. डा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा दिव्या सिंह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेको छ । शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन् । उनले केसी र सरकार पक्षबीच सहमतिका लागि समन्वय पनि गरिरहेकी छन् ।
स्वास्थ्य उपचार टोलीमा सहप्राध्यापक डा.सुवास आचार्य, प्रा.डा प्रमेशसुन्दर श्रेष्ठ, डा.सूर्य देवकोटा, डा.पंकज पन्त, डा.रविन नेपाली उप-प्रशासक टेकबहादुर कार्की, तथा नर्सिङ अधिकृत गंगा थापा सदस्य रहेका छन् ।
डा.केसीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन तथा स्वास्थ्य उपचार टोलीका सदस्यहरुसँग समन्वय तथा सहकार्य गर्न अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राध्यापक मन्दिरा वन्तले बिहीबार नै निर्देशन गरेकी छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: