×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरेकाण्ड सेलाउन नपाउँदै प्रहरीले नागढुंगाबाट पक्रियो अवैध सुन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ असार २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

गोरेकाण्ड सेलाउन नपाउँदै प्रहरीले नागढुंगाबाट पक्रियो अवैध सुन

काठमाडौँ – प्रहरीले अवैध ३ किलो सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । भारतीय कार (युके ०२ ४६८४) मार्फत् ३ किलो अवैध सुन भारततर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले शनिबार नागढुंगाको चेकपोष्टबाट पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने ४ जना भारतीय नागरिक र एक जना नेपाली रहेको प्रहरीले बताएको छ । कानूनी कार्वाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ ।
उनीहरूमाथि भन्सार ऐन २०६४ को दफा ५७(१) (ङ) अनुसार १ करोड रुपैयाँभन्दा बढी ५ करोड रुपैयाँसम्मको बिगो र १ वर्षदेखि ३ वर्षसम्मको कैद व्यवस्था हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: