×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सको खुद नाफा २.०५% ले वृद्धि, प्रति सेयर आम्दानी ३३ रुपैयाँ २५ पैसा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० श्रावण २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

मेरो माइक्रोफाइनान्सको खुद नाफा २.०५% ले वृद्धि, प्रति सेयर आम्दानी ३३ रुपैयाँ २५ पैसा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा मेरो माइक्रोफाइनान्सले ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २.०५% ले धेरै हो । अघिल्लो वर्ष ९ करोड २८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
मेरोले खुद ब्याज आम्दानी पनि १४.५७% बढाएर २३ करोड ८७ लाख ४० हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष २० करोड ८३ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी भएको थियो । कम्पनीले सञ्चालन नाफा पनि १४ करोड २२ लाखबाट बढाएर १४ करोड ८५ लाख २७ हजार रुपैयाँ पुर्याएको छ । 
निक्षेप संकलन ४९ करोडबाट बढाएर ७८ करोड ३७ लाख ९१ हजार रुपैयाँ पुर्याएको मेरोले ३ अर्ब ३८ करोड ४९ लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको चुक्ता पुँजी २८ करोड ६० लाख रहेको छ भने रिजर्भ कोषमा १५ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ ।
मेरोको खराब कर्जा भने ०.९८% बाट बढेर १.३३% भएको छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २५ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १५५ रुपैयाँ ४५ पैसा छ । मेरो माइक्रोफाइनान्सले बुधबार प्रकाशित गरेको रिपोर्टमा केही त्रुटी भएपछि सच्याएर फेरि नयाँ रिपोर्ट सार्वजनिक गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: