मिर्मिरेको १००% हकप्रद बुधबारदेखि खुल्दै, कहाँ जाने सेयर भर्न ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - असार २७ गतेदेखि मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १००% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।  यो हकप्रद मा जेठ १७ गतेसम्म कायम सेयरधनी साउन २९ गतेसम्म  आवेदन दिन सकिन्छ ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं सहित शाखा कार्यालयहरु लालदरवार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, बीरगञ्ज र बिराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, मिर्मिरेको बनेपा सहित अन्य शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल एवं धनगढी शाखाबाट पनि आवेदन दिन मिल्नेछ । 

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने सुविधा छ । हाल मिर्मिरेको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । 
प्रकाशित : Tuesday, July 10, 2018

recent

Popular Posts