×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नेपाल लघुवित्तको २५०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

नयाँ नेपाल लघुवित्तको २५०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५०% हकप्रद सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन गर्न साउन ७ गते बुक क्लोज गर्दैछ । यस अनुसार आइतबारसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।
धितोपत्र बोर्डबाट कम्पनीले १ः२.५ अनुपातमा ६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । हाल यो लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि भने पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: