×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिभी टुडे टेलिभिजनको समाचार प्रमुखमा सुद्युम्न पौडेल नियुक्त !

PRIME CA
laxmi sunrise bank

टिभी टुडे टेलिभिजनको समाचार प्रमुखमा सुद्युम्न पौडेल नियुक्त !

अर्थ सरोकार

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाली पत्रकारिता क्षेत्रमा बिगत लामो समयदेखि क्रियाशील रहेका पत्रकार  सुद्युम्न पौडेल टिभी टुडे टेलिभिजनको समाचार प्रमुख पदमा नियुक्त भएका छन् । टेलिभिजन सञ्चालक समितिले उनलाई समाचार संयोजकबाट बढुवा गरेर समाचार प्रमुखमा नियुक्त गरेको हो ।  
लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका उनीसँग टेलिभिजनमा काम गरेकोसमेत लामो अनुभव छ । नयाँ आर्थिक बर्षदेखि व्यवस्थापकीय जिम्मेवारीमा हेरफेर गरेको टेलिभिजनले यसअघि नै पनि अन्य पदमा विभिन्न व्यक्तिको जिम्मेवारी हेरफेर गरेको थियो ।
आर्थिक बर्ष २०७५/०७६ देखि लागु हुने गरी टेलिभिजनको सञ्चालक समितिको निर्णयबाट यसअघि बिराज पन्त कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए भने टेलिभिजनका बजार व्यवस्थापक कमल लम्साल नायव महा–प्रबन्धकमा बढुवा भएका थिए । यसका साथै टेलिभिजनले सहायक मार्केटिङ मेनेजर पदमा कार्यरत सचिन दाहाललाई मार्केटिङ मेनेजर पदमा बढुवा गरेको थियो ।  यस्तै टेलिभिजनले रात दत्त मिश्रलाई स्टेसन म्यानेजरको जिम्मा दिएको थियो ।
टेलिभिजनमा टुडे संवाद, पावर च्याट, बिकासका लागि बहस, यौनका कुरा, सिए सरोकार, अर्थ सरोकार, कुरा खस्रा मिठा लगायतका कार्यक्रम चर्चित छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: