×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डा. गोबिन्द केसीलाई गोली ठोक्नु पर्छ सरकार ! (रामु खनालको लेख)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ असार २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

डा. गोबिन्द केसीलाई गोली ठोक्नु पर्छ सरकार ! (रामु खनालको लेख)

  • रामु खनाल 

अहिले देशमा दुइतिहाई बहुमत सहितको सरकार छ । संबैधानिक निकायका प्रमुखहरुलाइ समेत हल्लाउन सक्ने तागत राख्छ यो सरकारले, एक मामुली कर्मचारी डा. गोबिन्द केसी के हुन् र भन्या । इतिहासकै शक्तिशाली कम्युनिष्ट सरकारसँग निहुँ खोज्ने हो त डा. केसीले, त्यो पनि यहाँ काठमाडौमा अनशन बसेर होईन उहा कर्णाली कर्णाली पुगेर । 
स्वास्थ शिक्षा सर्वसुलभ हुनुपर्छ, गरिबका छोराछोरीले पनि डाक्टर पढ्न पाउनुपर्छ भन्ने सरकारको प्राथमिकताको बिषय नै होईन । सरकारको प्राथमिकताको बिषय भनेको त रेल र पानी जहाज पो हो त । यस्तो रेल र पानीजहाज ल्याउने सरकार सग स्वास्थमा सबै नागरिकको पहुँच हुनुपर्छ भन्दै कर्णालीमा पुगेर अनशन बस्ने हो ? डा. गोबिन्द केसी कुनै पाटीका नेताहरुलाइ घरमा बोलाएर चरेशको थालमा मार्सी चामलको भात खुवाउने मेडिकल कलेजका संचालक होइनन् । चरेशको थालमा मार्सी चामलको भात नखुवाने डाक्टर कसरी राष्ट्रवादी हुनसक्छन् । उनी त महँगो मेडिकल खोल्न अवरोध गर्ने बिकास बिरोधि डाक्टर पो हुन् त । 
यत्रो दुइतिहाई बहुमत भएको सरकारले जे जे गर्छ सो सो सबै कुराहरु ठिक भन्दै हिड्ने पो राष्ट्रवादी हुन्छ । यसरी अनशन बस्दै हिड्ने कहिल्यै राष्ट्रबादी हुनै सक्दैन । यस्तोलाई टुडिखेलमा ल्याएर घुमेर नाकको डाडी भाचुन्जेल राउन्ड किक बजाउनु पर्छ सरकार । विरोध गर्न पाउनु नागरिकको अधिकार हो । अहिले दुइतिहाइको सरकार भएको अवस्थमा कानुन द्वारा प्रदत्त अधिकार भन्दा पनि सरकारको निगाह बाट जे जे हुकुम हुन्छ त्यो खुरुखुरु पालना पो गर्नुपर्छ । जहाँ-जहाँ बिरोध गर्न पाइन्छ भन्ने सरकारको हुकुम हुन्छ त्यही त्यही जम्मा भएर खुरुखुरु बिरोधका कार्यक्रमहरु सन्चालन गर्नुपर्छ । जो जो बोल्न पाउनु पर्छ भन्छन् , गलत कार्यको बिरोध गर्छन् तिनिहरु या त डलरे हुन् वा अराष्ट्रिय तत्व हुन् । तिनीहरु राष्ट्रवादी हुदै होइनन् । 
चुनावको बेलामा बृद्धभत्ता पाचहजार दिन्छौं , बिकासको बढी नै ल्याउ छौं भनेको जनताले पत्त्याइ हाले । बहुमत आहि हाल्यो अब पाँच बर्षलाई ढुक्क भयो । अहिले जनताको काम किन गर्ने, अहिले चुनाव आउने होईन क्यारे । फेरि चुनाव आउने बेलामा विभिन्न कथा , कविता , चुटकिला , उखानटुक्का हाले भै गो नि , जनताले पत्याई हाल्छन , भोट दिई हाल्छन क्यारे । अहिले घर परिवार केहि नभएको , बैंक ब्यालेन्स नभएको डा. गोबिन्द केसीको पछि लागेर उसको माग सम्बोधन गर्ने समय नै होईन । यो समय भनेको त चरेशको थालमा मार्सी चामलको भात खुवानेहरुको हितमा काम गर्ने समय हो । चुनावको बेलामा उनिहरुले चुनाव खर्च दिइहाल्छन् ।
कार्यकर्ताहरुलाई चुनावको बेलामा मासु , भात र रक्सीको प्रयाप्त ब्यवस्था गरे भै गो नि । जनताहरुसँग बिकास, राष्ट्रवादका ठुला ठुला कुरा गरे भै गो । बिच-बिचमा कथा, कविता, उखानटुक्काले मनोरञ्जन प्रदान गरे भै गो । जनता भनेका आखिर भेडा नै हुन् चुनावको बेलामा भोट दिई हाल्छन क्यारे । अहिले जनताको काम तिर लागेर महत्त्वपूर्ण समय किन खेर फाल्ने । डा. गोबिन्द केसीका माग सम्बोधन तर्फ किन लाग्ने । रेल, पानी जहाज ल्याउने सरकार पो हो त , सानातिना झिनामसिना कुरा हेर्ने यो सरकार सग कहाँ फुर्सद छ र । ठुला ठुला उद्योगपतिहरुले काठमाडौमा महङ्गा महङ्गा मेडिकल कलेजहरु खोल्न पाएनन् । डा. गोबिन्द केसीले मेडिकल उद्योगहरु खोल्न अवरोध गरे । यिनी राष्ट्रबादी मान्छे हुदै होइनन् । बिकास प्रेमी पनि हुदै होइनन् । यिनी त बिकासका बाधक पो हुन त । 
रेल, पानीजहाजको जमानामा पनि स्वास्थ सर्वसुलभ हुनुपर्छ, मेडिकल शिक्षा सस्तो हुनुपर्छ , गरिबका छोराछोरीले सजिलोसँग मेडिकल शिक्षा पढ्न पाउनु पर्छ भन्ने कुरा माग राखेर बारम्बार अनशन बस्नु कहि राम्रो कुरा हो त । यो त दुइतिहाइ बहुमत सरकारको प्राथमिक भन्दा बाहिरको कुरा हो । कानुनमा कसैलाई सिधै ठोक्न पाइदैन । तर दोहोरो भिडन्तमा आत्म रक्षाको लागि गोली ठोक्न पाइन्छ क्यारे । यस्तो बारम्बार अनशन बसिरहेर काठमाडौमा महङ्गा महङ्गा मेडिकल कलेज खोल्न अबरोध गर्ने , बिकास बिरोधि , राष्ट्रबादी पनि नभएको डा. गोबिन्द केसीलाई दोहोरो भिडन्तको नाममा गोली ठोकेर सिध्याउनु पर्छ सरकार ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: