नेप्सेको मिटरमै गडबडी छ है ! सवेदनशील कुरामा किन यस्तो लापरवाही ? (रोहण शर्माको लेख)

  • रोहन शर्मा 
मंगलबार बजार खुलेको केहि समयमा फेसबुक खोलेर हेर्दा एक मित्रको पोष्ट यस्तो थियो, 'श्रावण १ गतेदेखि अनलाईन ट्रेडिङ आएपछी नेप्सेले छलाङ मार्छ भन्थे, हो रैछ नेप्से त बजार खुल्ने बित्तिकै ६००० कटेछ!" वेबसाईट खोलेर हेर्दा त नेप्से सुचकको ठाउँमा ६२३७ देखिन्थ्यो, अलि ध्यान दिंदा NEPSE को ठाउँ मा LIFE देखियो । भएको चाहिं जिवन बिमा र निर्जिवन बिमालाई अलग्याउने क्रममा पुरै गोलामाल भएको रहेछ ।

बिल्कुलै अबैज्ञानिक तवरले नेप्सेले आज पनि जिवन बिमा र निर्जिवन बिमाको उपसुचकलाई छुट्टाएको छ । यसअघि पनि बिकास बैंक र माईक्रोफाईनान्सको सुचकलाई अहिलेझैं छुट्टाएको थियो । एउटा उदाहरण दिन चाहन्छु , दाजु भाईको सँयुक्त नाममा बैंकमा दश लाख राखिएकोमा अब दाजु भाई छुट्टिने र पैसा भाग लगाएर आ-आफ्नो छुट्टै खाता खोलेर पैसा राख्ने निर्णय गरेछन्, अब भन्नुस् दाजु भाईले ५/५ लाख पाउँछन् कि दुबैले जनहि १०/१० लाख पाउँछन्?

अहिले फेरी यस्तै भएको छ । हिजोसम्म कायम रहेको बिमा समुहको सुचक ६,१९९.४५लाई आज जीवन बीमा र निर्जिवन बीमाको दुवैको सूचकलाई ६,१९९.४५ कायम गरी अलग अलग समूह गराईएको छ ।

नेप्सेको सुचक गणना बिल्कुलै बैज्ञानिक छैन । नेप्सेमा सुचिकृत कम्पनीहरुलाई उनिहरुको हिस्सा अनुसार WEIGHTED AVERAGE को आधारमा सुचक गणना गरिनु पर्ने हो। तर यती संवेदनाशिल बिषयलाई किन यस्तो हल्का रुपमा लिईयो ?

हुनत केहि समय अगाडी भएको क्यापिटल एक्स्पोमा नेप्सेको स्टल स्थित पुँजी बजारको बिषयमा सोध गरिरहेका एक लगानीकर्ताले नेप्से परिसुचक र समुहगत उपसुचकको गणना बिधीको बारेमा स्टलमा रहेका प्रतीनिधीलाई प्रश्न गर्दा उनि अनकनाएर अर्को ब्याक्तीलाई देखाउँदै तर्किएका थिए। बास्तबमा भन्नुपर्दा यो कसरी जस्टिफाईड छ स्वयं नेप्सेलाई नै थाहा छैन। यस बिषयमा ब्याक्ती अनुसारको आ-आफ्नै तर्क रहेको पाईन्छ।

लगानिकर्ता सँगठन, नेप्से र पुँजिबजारको बिषयमा समाचार बनाउन तँछाड मछाड गर्ने मिडियाहरुलाई एउटा अनुरोध , कृपया यहाँहरुमद्धे कसैले नेप्से सुचक र उपसुचकहरुको बारेमा नेप्से, सेबोनमा गएर गणनाबिधीको आधार के हो? यो बिधी कसरी जस्टिफाईड छ? भन्ने प्रमाण खोजेर आम लगानिकर्तामाझ ल्याईदिनु भयो भने यहाँहरुप्रती हामी धेरै आभारी हुने थियौं।
प्रकाशित : Wednesday, July 18, 2018

recent

Popular Posts