×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक पत्रिकाका फ्रन्टपेज – एनआइईडीसीको स्वेच्छिक अवकाशमा घोटाला, आजदेखि बीमा तालिम केन्द्र संचालनमा

PRIME CA

आर्थिक पत्रिकाका फ्रन्टपेज – एनआइईडीसीको स्वेच्छिक अवकाशमा घोटाला, आजदेखि बीमा तालिम केन्द्र संचालनमा

अर्थ सरोकार

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार

काठमाडौँ -आइतबारका आर्थिक पत्रिकाहरुले एनआइईडीसीको स्वेच्छिक अवकाशमा घोटालादेखि  सुनकाण्डको छानविनमा प्रधानमन्त्री धरमरसम्मका समाचार छापेका छन् । आर्थिक पत्रिका ‘आर्थिक दैनिक’ले ‘नेपाल यातायात क्षेत्रमा भारत र चीनको तानातान’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा छापेको छ । यस्तै आर्थिक दैनिकले सुन काण्डको छानविनमा प्रधानमन्त्री धरमर भएको खबर पनि फ्रन्ट पेजमा छापेको छ । पत्रिकाले ‘भूकम्पपीडीतलाई दोश्रो किस्ता लिन समय फेरी थपिने शीर्षकको खबर पनि फ्रन्टपेजमा नै छापेको छ ।   
‘कारोबार’ ले आज ‘आठ जलविद्युत आयोजनालाई ‘पोष्टपेड रेट’ समबन्धि खबरलाई फ्रन्टपेजमा छापेको छ । पत्रिकाले निर्यातमा प्राप्त सहुलियत उपयोग हुन नसकेको खबरलाई पनि फ्रन्टपेजमा छापेको छ । यस्तै पत्रिकाले दुरसञ्चार सेवा शुल्कमा वृद्धि सञ्चार रणनीति विपरित भएको खबरलाई पनि फ्रन्टपेजमा स्थान दिएको छ ।  पत्रिकाले तामाखानी बर्षौंदेखि उपेक्षाको शिकार बनेको खबर पनि फ्रन्टपेजमा छापेको छ । 
यस्तै ‘आर्थिक अभियान’ले ‘बाउन्स चेक खुला, भुक्तानी भएमात्र चेक दिनेलाई कारवाही’ शिर्षकको खबर फ्रन्टपेजमा छापेको छ । यस्तै पत्रिकाले आजदेखि बीमा तालिम केन्द्र संचालन हुने खबरलाई पनि प्राथमिकता दिएर छापेको छ ।
यस्तै राष्ट्रिय आर्थिक साप्ताहिक ‘सेयर बजार’ले आज अर्जुनबन्धुको लिलामी, खेतानको अंशबण्डा शीर्षकको समाचारलाई प्राथमिकता दिएको छ । यस्तै पत्रिकाले बीमा कम्पनीलाई कस्ने कानुन बनेको खबरलाई फ्रन्टपेजमा छापेको छ । यस्तै पत्रिकाले एनआइईडीसीको स्वेच्छिक अवकाशमा घोटाला शीर्षकको समाचार फ्रन्टपेजमा छापेको छ । पत्रिकाले ‘५८ हजार बीमाको रकम सीमाभन्दा बढी’ शीर्षकको समाचार पनि पत्रिकाको फ्रन्टपेजमा छापेको छ । पत्रिकाले विवादास्पद लाभकरको प्रतिवेदन अझै अन्यौलमा परेको, राष्ट्रीय बीमा कम्पनीमा भद्रगोल भएको र सिटिजन्सको एफपीओ २०० मा आउंदै गरेको खबर पनि फ्रन्टपेजमा छापेको छ ।   

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: