×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायनेटको अर्को दादागिरी छताछुल्ल : आफ्नो इन्टनेटको लाइन जोड्दा अरु कम्पनीको तार काट्ने गरेको खुलासा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

भायनेटको अर्को दादागिरी छताछुल्ल : आफ्नो इन्टनेटको लाइन जोड्दा अरु कम्पनीको तार काट्ने गरेको खुलासा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय भायानेटको दादागिरी बढिरहेको खबर सार्वजनिक भइरहेका बेला भायानेटका कर्मचारीको यस्तै अर्को दादागिरीको खुलासा भएको छ । जथाभावी तार टाँगेर शहरलाई कुरूप बनाएको भन्दै पछिल्लो समय सबैभन्दा झुर सेवा दिने र जनतालाई ठग्ने इन्टरनेट सेवा प्रदायक कम्पनीको नाममा कुख्यात भएको भायानेटका कर्मचारीहरुलाई काठमाडौँ महानगरपालिकाले नियन्त्रणमा लिएपछि यस्तो खुलासा भएको हो । इन्टरनेट जोड्दा तार जडान गर्ने क्रममा अरुको तार काट्ने, र आफ्नो तार जोड्ने गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । यता जथाभावी तार काटेर आफ्नो टाँग्दा पनि शहरलाई कुरूप र जोखिमपूर्ण बनाएको भन्दै काठमाडौँ महानगरपालिका-१६ ले भायानेटका कर्मचारीहरुलाई नियन्त्रणमा लिएर आगामी दिनमा यस्तो नगर्न भन्दै सचेत गराएको छ ।
बालाजु बाइपास क्षेत्रमा तारको काम गरिरहेका बेला कामपा- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निर्देशनमा भायानेटका कर्मचारी समातिएका हुन् । आफ्नो काम गर्ने क्रममा अरुलाई असर नपुर्याउन भन्दै भायानेटका कर्मचारीलाई सचेत गराइएको हो । यता बिहिबार विहान ११ बजे, इन्टरनेट एसोसीएसन् अफ्न नेपालका संयोजक विनोद जोशीको नेतृत्वमा कम्पनीका प्रतिनिधि वडा कार्यालय पुगेर वादाधय्क्षसँग आफ्ना समस्या बुझिदिन भन्दै आग्रह गरेका थिए । उनीहरुले आगामी दिनमा यस्तो गल्ती नगर्ने भन्दै माफीसमेत मागेका थिए । 
यो पनि पढ्नुहोस् :

    Hamro Parto AD
    NMB BANK
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: