×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा २२४.७१% ले वृद्धि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

आरम्भ माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा २२४.७१% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले २० लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २२४.७१% ले धेरै हो । अघिल्लो वर्ष आरम्भले ६ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि अघिल्लो वर्षको तुलनामा क्रमशः ६८.९०% र ४२८.९४% ले बढेको छ । खुद खुद ब्याज आम्दानी र सञ्चालन नाफामै राम्रो सुधार भएकाले खुद नाफा माथि जान सहयोग पुगेको देखिन्छ । 
चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको आरम्भको रिजर्भ कोष ३५ लाख ४६ हजार रुपैयाँले ऋणात्मक छ । अघिल्लो वर्ष पनि रिजर्भ कोष ५५ लाख ५६ हजार रुपैयाँ ऋणात्मक थियो । हालसम्म १० करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेको आरम्भले ३५ करोड ७३ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
खराब कर्जा बढेर २.१०% पुगेको छ । गत वर्ष खराब कर्जा ०.१०% मात्र थियो । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३५ पैसा रहेको आरम्भको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ०९ पैसा छ । आरम्भले गत फागुन १५ गतेदेखि २० गतेसम्म २ लाख ९४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: