जेबिल्स फाइनान्सको ४०% हकप्रद भर्ने सोमबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जेबिल्स फाइनान्सको ४०% हकप्रद भर्ने सोमबार अन्तिम दिन हो । जेबिल्स हकप्रद भर्न १५ दिन समय थप गरेको हो । थपिएको समय पनि अब साउन २८ गते सोमबार सकिंदैछ । जेबिल्सले १०ः४ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २३ लाख ११ हजार ६५० कित्ता सेयर बिक्री खुला गरेको हो । 

बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं तथा जेबिल्स फाइनान्स न्यूरोड, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि भर्न सकिनेछ । 

हाल यस कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Sunday, August 12, 2018

recent

Popular Posts