×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिट सेवा आदानप्रदान गर्ने सम्झौता !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिट सेवा आदानप्रदान गर्ने सम्झौता !

काठमाडौँ – ज्योति विकास बैंक लि. र कुमारी बैंक लि. बिच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारीले हस्ताक्षर गरेका छन्।
ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र कुमारी बैंक को रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउँदैछन ।
यस सम्झौतापश्चात कुमारी बैंकका ८५ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: