×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुर फाइनान्सको खुद नाफा ७ करोड ७४ लाख ६३ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७० पैसा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

ललितपुर फाइनान्सको खुद नाफा ७ करोड ७४ लाख ६३ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७० पैसा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा ललितपुर फाइनान्सले ७ करोड ७४ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ६१.८२% ले कम हो । अघिल्लो वर्ष कम्पनीले १२ करोड ५३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
फाइनान्सको खुद ब्याज आम्दानी पनि ३२.२७% ले घटेर २ करोड ३३ लाख ५४ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष यस कम्पनीले ३ करोड ४४ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।सञ्चालन नाफा पनि १ करोड ४८ लाख १४ हजार रुपैयाँबाट घटेर १५ लाख १० हजार रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्नुका कारणले गर्दा खुद नाफा पनि घटेको हो । 
चुक्ता पुँजी २३ करोड ६८ लाख ७४ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष ७ करोड ६१ लाख ५२ हजार रुपैयाँ ऋणात्मक छ । निक्षेप संकलन १२ करोडबाट बढाएर २८ करोड ७९ लाख ६८ हजार रुपैयाँ पुर्याएको यस कम्पनीले ४६ करोड ७५ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
ललितपुर फाइनान्सले यस अवधिमा ८ करोड ६३ लाख ४३ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । राइट ब्याकसँगै खराब कर्जामा भने उल्लेख्य सुधार गरेको छ । गत वर्ष ९९.४०% रहेको खराब कर्जा अहिले ६२.४३% मा झरेको छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७० पैसा रहेको ललितपुर फाइनान्सको प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ ८५ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: