×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलको संध्याकालीन काउण्टर सञ्चालनमा, अन्य यस्ता छन् सुविधाहरु

PRIME CA

एनआईसी एशिया क्यापिटलको संध्याकालीन काउण्टर सञ्चालनमा, अन्य यस्ता छन् सुविधाहरु

अर्थ सरोकार

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार

सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यले एनआईसी एशिया क्यापिटल लिमिटेडले संध्याकालीन काउण्टर संचालनमा ल्याएको छ । संध्याकालीन काउण्टर मार्फत सेवाग्राहीहरुले दैनिक कार्यालय समय भन्दा अतिरिक्त समय सेवा प्राप्त गर्न सक्ने छन् । जसअनुसार, अब एनआईसी एशिया क्यापिटलको बबरमहल, काठमाडौँ स्थित कार्यालयमा आईतबार देखि बिहीबार सम्म बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म तथा संध्याकालिन काउण्टर दिउसो ४ बजे देखि बेलुका ६ बजेसम्म खुल्नेछ । शुक्रवार भने बिहान १० बजेदेखि दिउसो १ बजे सम्म तथा संध्याकालिन काउण्टर दिउसो २ बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछ । 
यस मार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, सेयर प्रमाणपत्र तथा लाभांश विवरण, सेयर अभौतिकरण गर्ने, लगानि व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवाहरुका साथै एनआईसी एशिया क्यापिटलबाट दैनिक रुपमा प्रदान गरिने अन्य सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछ ।
सेवाग्राहीहरुको व्यस्ततालाई मध्येनजर राख्दै यो सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यो सेवाले कामकाजी सेवाग्राहीहरु तथा व्यस्त समयमा सेवा लिन असुविधा हुने सेवाग्राहीहरुलाई विषेश उपयोगी हुने विश्वास लिइएको छ ।
गुणस्तरीय, किफायती र शिघ्राअतिशिघ्र सेवाप्रदान गर्ने एनआईसी एशिया क्यापिटलको प्रतिबद्धताको क्रममा यस सेवाले थप मजबूती प्रदान गर्ने कम्पनीको विश्वास छ । साथै सेवाग्राहीहरु सँग सामिप्यता बढाउन यस संध्याकालीन काउण्टरले महत्वपूुर्ण भूुमिका खेल्ने अपेक्षा गरिएको छ ।
हाल एनआईसी एशिया क्यापिटलले निम्न सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सेयर रजिष्ट्रार 
निक्षेप सदस्य
निष्काशन तथा बिक्री प्रबन्धक
प्रत्याभुतिकर्ता
लगानी व्यवस्थापन
परामर्श सेवा
म्युचुअल फण्ड
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: