×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ दी एयर अवार्ड पाएको एनएमबीको नाफा २३.५५% ले बढ्यो, रिजर्बकोषतर्फ लोभलाग्दो प्रगति !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

बैंक अफ दी एयर अवार्ड पाएको एनएमबीको नाफा २३.५५% ले बढ्यो, रिजर्बकोषतर्फ लोभलाग्दो प्रगति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले १ अर्ब ८१ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो नाफा २३.५५ प्रतिशतले बढी हो । सार्वजनिक विवरण अनुसार बैंकको संचालन मुनाफा २ अर्ब २९ करोडको छ भने समीक्षा अवधिमा बैंकले ८५ अर्ब ४ करोड निक्षेप संकलन गरी ७७ अर्ब ३१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ७३ अर्ब २२ करोड निक्षेप संकलन गरी ६२ अर्ब ६० करोड कर्जा परिचालन गरेको थियो । 
बैंकले रिजर्बकोषतर्फको प्रगति लोभलाग्दो छ । सार्वजनिक विवरण अनुसार उक्त कोषको आकार ८ अर्ब ६९ करोड छ । रिजर्बमा बैंकले अघिल्लो बर्षको तुलनामा १०५.८५ प्रतिशतले वृद्धि गरेको छ । यता बैंकले निस्क्रिय कर्जा अनुपातलाई घटाएर ०.८८ प्रतिशतमा झार्न सफल भएको छ भने समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड बढेर ७.४६ प्रतिशत पुगेको छ ।  बैंकको सीडी रेसियो ७७.७२ प्रतिशत छ । १०.७० प्रतिशत बेस रेट रहेको बैंकको इक्वीटीमा प्रतिपलल १५.८५ प्रतिशत छ । यस्तै बैंकको बैंकको प्रतिसेयर आम्दानी २८.०४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २१४.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.७७ गुणा कायम भएको छ ।

 
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: