×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल लाइफको गर्यो आकर्षक प्रगति, खुद नाफा २६.६७% वृद्धि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

नेसनल लाइफको गर्यो आकर्षक प्रगति, खुद नाफा २६.६७% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेसनल लाइफ इन्सुरेन्स कम्पनीको गत आर्थिक वर्षको २०७४/७५ को  चौथो त्रैमासमा २९ करोड ८३ लाख ५९ हजार १५ रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्ष कम्पनीले २३ करोड ५५ लाख २३ हजार २१२ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेसनलले २६.६७ प्रतिशतले नाफा वृद्धि गरेको हो ।
नेसनल लाइफले जीवन बिमा कोषको आकार २१ अर्ब ८२ करोड ५९ लाख ६५ हजार ५२७ रुपैयाँको बनाएको छ । अघिल्लो वर्ष जीवन बिमा कोषमा १७ अर्ब ३७ करोड ५५ लाख १२ हजार ७०४ रुपैयाँमात्र थियो । जीवन बिमा कोषमा २५.६१% ले बढोत्तरी भएको हो ।
कम्पनीको जगेडा कोषमा ५० करोड ६८ लाख रुपैयाँभन्दा धेरै पैसा छ । अघिल्लो वर्ष जगेडा कोषमा ६१ करोड ३१ लाख रुपैयाँभन्दा धेरै थियो । यसआधारमा जगेडा कोषको आकार भने खुम्चिएको देखिन्छ । नेसनल लाइफको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५८८ रुपैयाँ छ । अघिल्लो वर्ष चुक्ता पुँजी १ अर्ब ३२ करोड ४८ लाख ६३ हजार ६७० रुपैयाँ थियो ।
बिमा समितिले जीवन बिमा कम्पनीहरुलाई न्यूनतम २ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको छ । त्यसो त नेसलन लाइफले चुक्ता पुँजी वृद्धि गर्न हाल ६०% हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्नेछ । 
नेसनलले ६ अर्ब १३ करोड ३२ लाख ७९ हजार ८९१ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।अघिल्लो वर्ष ४ अर्ब ७३ करोड ९५ लाख ७१ हजार ४११ रुपैयाँ खुद बिमा शुल्क आर्जन भएको थियो । नेसनल लाइफको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५५ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: