×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल नेक्सट सुपरस्टारको अडिसन टुर धरानबाट सुरु हुँदै

PRIME CA

नेपाल नेक्सट सुपरस्टारको अडिसन टुर धरानबाट सुरु हुँदै

२८ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – थ्रिडी नेपाल र एम.पि. इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा ‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’ को लागि आवेदन खुल्ला भएको र सो प्रतियोगिताको अडिसन धरानबाट सुरु भइ काठमाडौंमा आइ समापन हुनेछ ।
मोडलिङ, मिडिया र चलचित्र क्षेत्रमा आजका युवा पुस्ताको लगाव र झुकावलाई ध्यानमा राखेर यस क्षेत्रमा आफ्नो भविष्य बनाउन इच्छुक युवा युवतीहरुलाई दक्ष, सक्षम, योग्य र व्यवसायिक बनाउने अभिप्रायबाट ‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’ नामक मोडलिङ व्याकरणमा आधारित मोडलिङ प्रतियोगीताको आयोजना गरिन लागिएको हो । प्रतियोगिताको अडिसन आउँदो २६ श्रावण धरान र बिराटनगरबाट शुरु भइ श्रावण २७ इटहरी र बिर्तामोड, श्रावण २८ बिरगंज र हेटौडा, श्रावण २९ चितवन, श्रावण ३१ बुटवल, भाद्र २ नेपालगञ्ज र पोखरा, हुँदै अन्तिम अडिसन भाद्र ९ मा काठमाडौंमा सम्पन्न हुनेछ । अडिसन अवधिभर द एलिमेन्टस् र दिब्य धुनी ब्यान्डले प्रतियोगिताको प्रवर्द्धनको लागि साथ रहि बिभिन्न सहरहरुमा आफ्नो प्रस्तुतीहरु दिनेछन् ।
युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुनेछ । अडिसनबाट छनौट भएका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा समावेश गर्नको लागि विभिन्न ख्याति प्राप्त प्रशिक्षक र कलाकारहरुबाट एक महिनासम्म प्रशिक्षण प्रदान गरिनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङ लगायत विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण दिनेछन् ।
प्रतियोगिताका विजेता लगायत अन्य उत्कृष्ट सहभागिहरुलाई अन्तर्राष्ट्रिय फेसन शो, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, फेसन शो, मिडिया प्रोमोशन आदिमा अवसर प्रदान गरिनेछ । प्रत्येक सहभागीले आईएलटिस् र जापानी भाषाको प्रशिक्षण निशुल्क प्राप्त गर्नेछन् । विजेताले नगद पुरस्कार रु। एक लाख, सुजुकीको स्कुटर, फेसन डिजाइनिङको एक वर्षे कोर्षमा पचास प्रतिशत छुट, पाँच दिनको थाइल्याण्ड भ्रमण, चलचित्रमा तथा अन्तर्राष्ट्रिय फेशन शोको सहभागिताको अवसर प्राप्त गर्नेछ । प्रतियोगिताका फ्रस्ट तथा सेकेन्ड रनर अपले फेशन डिजाइनिङको एक वर्षे कोर्षमा क्रमशः पच्चीस तथा पन्ध्र प्रतिशतको छुट प्राप्त गर्नेछन् साथै म्युजिक भिडियो, विज्ञापन तथा फेसन शोमा अवसर प्राप्त गर्नेछन् ।
मुख्य तीन उपाधि बाहेक प्रतियोगितामा फोटोजेनिक, फ्रेन्डशीप, ट्यालेन्ट, पर्सनालिटी, पब्लिक च्वाइस, वेष्ट वाक, कन्फिडेन्स लगायतका विधामा पनि विजेता चयन गरिनेछ । प्रतियोगिताको मुख्य प्रतिस्पर्धा राजधानीमा सम्पन्न हुनेछ । सहभागिताका लागि कम्तीमा एसएससी वा एसइइलाई न्युनतम शैक्षिक योग्यताको मापदण्ड मानिएको छ भने पुरुष सहभागीको हकमा उमेर १८ देखि २६ वर्ष र उचाईं न्युनतम ५ फिट ५ इन्च तथा महिला सहभागिको हकमा उमेर १८ देखि २६ वर्ष र उचाई न्युनतम ५ फिट २ इन्च तोकिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: