×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त भएन प्रगति, खुद नाफा ४०.४१% गिरावट हुँदा अरु सुचकको यस्तो छ अवस्था

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

नेरुडे लघुवित्त भएन प्रगति, खुद नाफा ४०.४१% गिरावट हुँदा अरु सुचकको यस्तो छ अवस्था

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमासमा भारी गिरावट भएको छ । गत वर्षको वित्तीय विवरण अनुसार नेरुडेको खुद नाफा ४०.४१% ले घटेर ५ करोड ६४ लाख १५ हजार रुपैयाँ मात्र आर्जन गरेको । अघिल्लो वर्ष नेरुडेले ९ करोड ४६ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको थियो ।
यो अवधिमा नेरुडेको खुद ब्याज आम्दानी ८.७२%ले घटेर २८ करोड ८५ लाख २० हजार रुपैयाँ कमाएको छ ।  अघिल्लो वर्ष नेरुडेको खुद ब्याज आम्दानी ३१ करोड ६१ लाख १४ हजार रुपैयाँ कमाएको थियो  । त्यस्तै गरि सञ्चालन नाफा ४०.४१% ले घटेको छ । अघिल्लो वर्ष सञ्चालन नाफा १४ करोड ८७ लाख ७९ हजार रुपैयाँ रहेकोमा अहिले ८ करोड ८६ लाख ५२ हजार रुपैयाँमा सिमित रहेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आएको कारणले नाफा घटेको देखिएको हो ।
कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख ९९ हजार रपैयाँ निक्षेप संकलन गरेको छ । खराब कर्जा पनि ०.८७% बाट बढेर १.६०% मा पुगेको छ । नेरुडेको चुक्ता पुँजी ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ छ । जगेडा कोषमा ३३ करोड ९६ लाख ३५ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २२ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: