×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओली अर्धवार्षिक परीक्षामा ‘जस्ट पास’ ! कति आयो नम्बर ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्री ओली अर्धवार्षिक परीक्षामा ‘जस्ट पास’ ! कति आयो नम्बर ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ३ फागुन २०७४ मा सत्ता सम्हालेका थिए । ओलीले पहिलो ६ महिना औसत बिताएका छन् । यो अर्धवार्षिक परीक्षामा उनले राम्रो नतिजा ल्याउन सकेनन् । उनी कुनै विद्यार्थीले १०० पूर्णांकमा ३२ नम्बर ल्याएजस्तै ‘केबल उत्तीर्ण’ मात्रै भएका छन् ।
आइतबार प्रकाशित नेपाल साप्ताहिकले यसैलाई कभर न्यूज बनाएर छापेको छ । समाचारमा लेखिएको छ, ‘ओलीसँग यसअघि एकपटक प्रधानमन्त्री, गृह र परराष्ट्रमन्त्री भएको अनुभव छ । तर, यसपालि सुरुआती नतिजामा भने उनी औसत ठहरिए ।’
विश्लेषक विष्णु सापकोटाले ओलीको कार्यकालबारे नेपाल साप्ताहिकलाई दिएको प्रतिक्रियामा भनेका छन्, ‘सरकारी काम हेर्दा ओली ६ महिनामा उत्तीर्ण मात्रै भए । उल्लेख्य डेलिभरी छैन ।’
सरकारका अधिकांश मन्त्रीहरु दिशाविहीन, अपरिपक्व र कामचलाउ रहेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएअनुसार राम्रो काम गर्ने आश गरिएका मन्त्रीहरु रामबहादुर थापा, प्रदीप ज्ञवाली, युवराज खतिवडा, वर्षमान पुन, रविन्द्र अधिकारी र गोकर्ण विष्ट पनि औसत मात्रै देखिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: