×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रकाण्डले हिरासतभित्रैबाट कार्यकर्तालाई दिए यस्तो निर्देशन, भन्छन्- ‘सरकारले ठूलो भुल गर्‍यो’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

प्रकाण्डले हिरासतभित्रैबाट कार्यकर्तालाई दिए यस्तो निर्देशन, भन्छन्- ‘सरकारले ठूलो भुल गर्‍यो’

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीका राजनीतिक गतिविधिमा हस्तक्षेप गरेर सरकारले ठूलो भुल गरेको बताएका छन् । प्रहरी हिरासतमा रहेका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले उठाएका राजनीतिक एजेण्डालाई सरकारले जवरजस्त अपराधिकरण गर्न मूर्खता गरेको बताए ।
क्रान्तिकारी पत्रकार संगठन नेपालको अगुवाईमा टेकु पुगेका पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता प्रकाण्डले भने, “हाम्रो राजनीतिक असहमतिलाई राज्यले अपराधिकरण गर्ने मूर्खता गरेको छ । देशभरबाट नेता–कार्यकर्तालाई गिरफ्तार गरेर झुट्टा मुद्दा लगाइएको छ । धरपडक जारी रहेको छ, राजनीतिक विषयलाई राज्यले अपराधिकरण गर्न खोज्यो अब राज्यले ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ ।” केही विषय नपाएर आफूमाथि जबरजस्ती चन्दा असुलीको झुट्टो मुद्दा लगाइएको बताए ।
“धेरै कुरा त थाहा छैन तर भेट्न आउने मित्रहरुले सुनाएअनुसार चिनजान समेत नभएको व्यक्तिसँग जवरजस्त पैसा असुली गरेको, व्यक्तिगत रुपमा केही आरोप लगाइएका सुनियो । अरु विषय केही नपाएपछि पार्टी र मेरो व्यक्तिगत बदमान गर्न लगाइएका झुटो आरोप मात्रै हुन् । यसमा कुनै सत्यता छैन” प्रकाण्डले भेटमा भने । उनले राजनीतिक विषयलाई अपरधिकरण गरेर कुनै पनि सत्ता नटिकेको उदाहरण दिँदै पार्टीका राजनीतिक एजेण्डालाई अपराधिकरण गर्न अनेक तानावाना बुनेपनि सरकार आफै नांगिने बताए ।
हिरासत बसाई राजनीतिक जीवनको पहिलो भएको बताउँदै प्रकाण्डले आफू छिटै छुट्ने विश्वास व्यक्त गर्दै भने, “हामीले आजीवन जेलमा बस्नु पर्ने कुनै काम गरेका छैनौँ, सरकरले धेरै राखे केही हप्ता र केही महिनासम्म राख्न सक्छ ।” उनले क्रान्तिकारी जनता, पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई निरास नहुन र पार्टीका कार्यक्रममा सहभागी हुन निर्देशन समेत दिए ।
प्रवक्ता प्रकाण्डले आफूसहितका नेता–कार्यकर्तालाई गिरफ्तार गर्दैमा क्रान्तिकारी आन्दोलन नरोकिने बरु झन् शसक्त भएर जाने दाबी समेत गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: