×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ४२.३२% ले वृद्धि

PRIME CA

प्राइम बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ४२.३२% ले वृद्धि

२९ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  गत आर्थिक वर्षमा चौथौ त्रैमासमा प्राइम कमर्सियल बैंकले खुद नाफा ४२.३२% ले वृद्धि गरेर १ अर्ब ९४ करोड २३ लाख ९ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म प्राइमले १ अर्ब ३६ करोड ४६ लाख ६८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यता, रेगुलेटरी एड्जस्टमेन्टपछि भने बैंकको नाफा १ अर्ब ८९ करोड २० लाख ३९ हजार रुपैयाँ कायम हुन्छ । खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा पनि बढेपछि खुद समग्र नाफामा उल्लेख्य सुधार भएको हो । खुद ब्याज आम्दानी ३८.७३% ले वृद्धि हुँदै २ अर्ब ६६ करोड ६२ लाख ८४ हजार रुपैयाँ पुगेको छ । यसैगरी, सञ्चालन नाफा २ अर्ब ६६ करोड १३ लाख ७६ हजार रुपैयाँ छ ।
प्राइमले ८१ अर्ब ३१ करोड ३३ लाख ४० हजार रुपैयाँ नक्षेप संकलन गरी ७० अर्ब ९२ करोड ७६ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा ०.८८% बाट घटेर ०.६६% मा सीमित भएको छ । कस्ट अफ फन्ड पनि घटाउन बैंक सफल भएको छ । कस्ट अफ फन्ड ८.१५% बाट घटेर ८.०४ मा आएको छ ।
यता, बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ । रिजर्भ कोषमा पनि ९७.०२% सुधार गरी ३ अर्ब ७१ करोड १७ लाख १४ हजार रुपैयाँ जम्मा गरेको छ । यसको प्रतिसेयर आम्दनी २३ रुपैयाँ ५५ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २३ रुपैयाँ २१ रुपैयाँ थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: