×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेसिभको २८१% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन, कहिलेदेखि खुल्दै ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

प्रोग्रेसिभको २८१% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन, कहिलेदेखि खुल्दै ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद खुल्ला गर्नको लागि साउन २३ गते बुक क्लोज गर्ने भएको छ । यो हकप्रदसुरक्षित गर्नाको लागि बुक क्लोज हुने १ दिन अघि सेयरधनी बनिसक्नु पर्नेछ । कम्पनीले भदौ ५ गतेदेखि १ः२.८१ अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ । हकप्रद भर्ने अन्तिम म्याद असोज ८ गतेसम्म हुनेछ ।
यस हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट आवेदन दिन सकिन्छ । प्रोग्रेसिभको केन्द्रीय कार्यालय न्यूरोड, काठमाडौं र बनेपा शाखाबाट पनि हकप्रदमा आवेदन दिन सकिन्छ ।
 यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने व्यवस्था गरिएको छ । हाल प्रोग्रेसिभको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: