×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

समता माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५०% हकप्रद सेयरको बिक्री मंगलबार (साउन २९ गते) बन्द हुँदैछ । मंगलबारको कार्यालय समयसम्मभित्र यो हकप्रदमा आवेदन दिइसक्नुपर्छ । यस माइक्रोफाइनान्सले गत असार २७ गतेदेखि २ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको  १ लाख ८९ हजार ६०० कित्ता सेयर बिक्री खुला गरेको हो । 
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन पाइनेछ । 
त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ । हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: