×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट माइक्रोफाइनान्सको खुद नाफामा भारी गिरावट, खराब कर्जा १.७९% ले वृद्धि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

सपोर्ट माइक्रोफाइनान्सको खुद नाफामा भारी गिरावट, खराब कर्जा १.७९% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सपोर्ट माइक्रोफनइनान्स वित्तीय संस्थाको खुद नाफा  ५२.८०% ले गिरावट भएको छ । अघिल्लो वर्षको यसै अवधिमा खुद नाफा ४८ लाख ३ हजार रुपैयाँबाट घटेर २२ लाख ६७ हजर रुपैयाँमा मात्र सिमित रहेको छ ।
सपोर्टको खुद ब्याज आम्दानी १२.८७% ले बढेपनि सञ्चालन नाफामा ३८.४८% को गिरावट आएको छ । प्रोभिजनका लागि मात्र ४४ लाख ४० हजार रुपैयाँ छुट्याएपछि सञ्चालन नाफा घटेको हो । यो माइक्रोफाइनान्सले ७ करोड ३ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा लगानी ३९ करोड ७९ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
यता, खराब कर्जा ०.८२% बाट बढेर १.७९% पुगेको छ । सपोर्टले आइपीओ बिक्री गरी चुक्ता पुँजी ६ करोड रुपैयाँ पुर्याएको छ । रिजर्भ कोष भने अघिल्लो वर्षको भन्दा कमजोर भएको छ । अघिल्लो वर्ष ३१ लाख १९ हजार रुपैयाँ रहेको रिजर्भ कोष घटेर ९ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ २८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: