×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्तको नाफा १६.९७% ले गिरावट, अरु सुचकको यस्तो छ अवस्था

PRIME CA

विजय लघुवित्तको नाफा १६.९७% ले गिरावट, अरु सुचकको यस्तो छ अवस्था

२० श्रावण २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा विजय लघुवित्त वित्तीय संस्थाले २ करोड ६१ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा लघुवित्तको अघिल्लो वर्षको तुलनामा १६ं.९७% ले कम हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ३ करोड १५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा खुद ब्याज आम्दानी ०.२६% ले बढेपनि सञ्चालन नाफामा भने ८.३०% गिरावट देखिएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ७ करोड ८७ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको विजयले यसपालि ९ करोड ९६ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
यता, सञ्चालन नाफा ३ करोड ७३ लाख ६० हजार रुपैयाँबाट घटेर ३ करोड ४२ लाख ५९ हजार रुपैयाँमा आएको छ । यसले ३० करोड ८३ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४८ करोड ८ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरको छ । खराब कर्जा १.३१% बाट बढेर १.६८% पुगेको छ ।
विजयको चुक्ता पुँजी १७ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यसको जगेडा कोषमा ४ करोड २५ लाख २२ हजार रहेको छ । जगेडा कोष अघिल्लो वर्षको भन्दा १५२.३४% ले धेरै भएको हो । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ०१ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: