×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आउटरिच नेपालको कर्तुत नम्बर २ : पैसा कमाउन राष्ट्रिय झण्डाको ‘अवैध’ व्यापार, खुलेआम उडाइयो कानुनको धज्जी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

आउटरिच नेपालको कर्तुत नम्बर २ : पैसा कमाउन राष्ट्रिय झण्डाको ‘अवैध’ व्यापार, खुलेआम उडाइयो कानुनको धज्जी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालमा दर्ता भएको बिज्ञापन एजेन्सी आउटरिच नेपालले नेपालकै कानुनको धज्जी उडाएर ‘अवैध’ काम गरिरहेको खुलासा भएको छ । केहि कम्पनीका प्रोडक्टको बिज्ञापन बनाउँदा राष्ट्र र राष्ट्रियताका जगेर्नाका लागि बनेका केहि महत्पूर्ण कानुनको धज्जी उडाउँदै कम्पनीले नेपाली झण्डाको दुरुपयोग गरेको पाइएको छ । कानुनले बर्जित गरेको काम गर्दा पनि कम्पनी कारवाहीको दायरामा नआउँदा नेपालको कानुन फितलो भयो वा ‘कानुन भनेको सोझा-साझाले मात्र मान्नु पर्ने हो ?’ भन्ने बहस सुरु भएको छ । 
कानुनको ठाडो उल्लङ्घन गर्दै आउटरिच नेपाल !
केहि पैसा कमाउनका लागि राष्ट्रिय झण्डालाई कानुनले बर्जित गरेको काम गर्ने कम्पनीले आफुलाई कानुन लाग्दैन भन्ने शैलीमा बिज्ञापन उत्पादन गरिरहेको छ । ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कायविधि २०६९’ ले कुनै व्यापारिक प्रयोजनका लागि राष्ट्रिय झण्डा प्रयोग गर्नु अपराध हुने उल्लेख गरेको छ । राष्ट्रिय झण्डा प्रयोग कार्यविधि कार्यविधिले मात्र होइन, भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताले पनि व्यापारिक प्रयोजनमा झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरेको छ । 
प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा राष्ट्रिय झण्डाको अपमान गर्नेलाई ३ वर्षसम्म कैद सजाय तोकिएको छ ।यदी राष्ट्रिय झण्डाको दुरुपयोग गरिएमा त्यसलाई अपराध ठानी कानुनी कारवाही गरिनेसमेत उल्लेख छ । तर आउटरिच नेपाल नामक कम्पनीले केहि समय अगाडी मात्र बनाएको अम्बे स्टिलसको बिज्ञापनमा नेपाली झण्डाको प्रयोग गरेको छ । अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ २०६९ जेठ २२ गतेदेखि लागू भएको छ, र सो कार्यविधि राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्य गर्न निषेध गरिएको छ । निषेध गरिएका कार्यमध्ये ‘३’ नम्बरमा (घ) मा भनिएको छ- ‘व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइनेछैन ।’ 
गृह मन्त्रालयका प्रवक्ता भन्छन्, ‘कानुन मिच्ने कसैलाई छोड्दैनौं’
यस विषयमा हामीले गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीसँग कुराकानी गरेका थियौं । बिज्ञापनमा नेपाली राष्ट्रिय झण्डा प्रयोग गरेको बारे हाम्रो प्रश्नमा उनले कार्यविधिविपरीत राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई कानुनबमोजिम सजाय हुने र यस्तो सजायमा कसैलाई पनि छुट नहुने स्पष्ट पारे । ‘सरकारले राष्ट्रिय झण्डा र गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ बनाएको छ, जसमा कहाँ र कुन अवस्थामा यसको प्रयोग गर्ने भन्नेबारे प्रस्ट व्यवस्था छ । बिज्ञापनमा झण्डाको प्रयोग गर्न पाइनदैन भन्ने कुरा पनि कार्यविधिमा स्पष्ट छ । प्रमाणसहित उजुरी दिनुहोस्, मुलुकी फैजदारी अपराध संहिताअनुसार दोषीले सजाय पाउँछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: