×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफको लिलामी सेयर भर्न ३ दिन मात्र बाकी, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

सूर्या लाइफको लिलामी सेयर भर्न ३ दिन मात्र बाकी, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सको लिलामी भर्न अब ३ दिन मत्र समय बाँकी रहेको छ ।  कम्पनीले संस्थापक समूहको ३ हजार २८९ कित्ता र सर्वसाधारणतर्फ ७१ हजार ९५ कित्ता सेयर गरि जम्मा  ७४ हजार ३८४ कित्ता सेयर लिलामीमा ल्याएको हो । यस लिलामीको बोलपत्र साउन २३ गते बुधबारसम्म मात्र पेश गर्न पाइनेछ । सूर्या लाइफको बजारमा सोमबार प्रतिकित्ता ५६० रुपैयाँ आसपासमा सेयर कारोबार भइरहेको छ । 
यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखाबाट आवेदन दिन सकिनेछ । लिलामीमा न्यूनतम १०० कित्तादेखि संस्थापकतर्फ अधिकतम सबै कित्ता र सर्वसाधारण समूहमा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ ।सबै कित्ता लिलामी बिक्री भएपछि सूर्याको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: