×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटीबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा विशेष सहुलियत पाउने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटीबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा विशेष सहुलियत पाउने

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक र नख्खु, ललितपुरस्थित नेपाल मेडिसिटी बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शेयरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शेयरधनिहरुले अस्पतालका विभिन्न सुविधाहरुमा विशेष सहुलियत पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल मेडिसिटीका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे । 
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: