चौतारी लघुवित्तले पायो आइपीओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - चौतारी लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्ने अनुमति प्राप्त गरेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँमा ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्ने भएको छ । संस्थाले उक्त आइपिओ सर्वसाधारणको लागि बिक्री गर्न अनुमति पाएको हो ।

यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । गत आर्थिक वर्षमा संस्थाले १ करोड २ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १२ करोड ६० लाख रुपैयाँ छ ।
प्रकाशित : Friday, September 07, 2018

recent

Popular Posts