×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा अघि बढ्दै सिटिजन्स बैंक, काठमाडौँको थानकोटमा ८०औं शाखा सञ्चालन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

शाखा विस्तारमा अघि बढ्दै सिटिजन्स बैंक, काठमाडौँको थानकोटमा ८०औं शाखा सञ्चालन

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८०औं शाखा काठमाडौँको थानकोटमा सञ्चालनमा ल्याएको छ । असोज १ गते (सोमबार) बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरे । 
यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गरिनेछ । साथमा साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले लिएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता थानकोट शाखाका प्रवन्धक ध्रुव सुवेदीले व्यक्त गरे । 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८०वटा शाखा, ७३ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: