सिटी एक्स्प्रेसको ९० दिने 'लखपति एक्स्प्रेस' योजना सार्वजनिक

काठमाडौँ - २०६४ सालमा विप्रेषण व्यवसायको रुपमा स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. एक प्रतिष्ठित रेमिटान्स कम्पनी हो । यस कम्पनी विप्रेषण व्यवसाय समूह मध्ये अग्रस्थान ओगट्न सफल समेत भएको छ । यस रेमिटान्स कम्पनीले आफ्नो व्यवसायका साथसाथै विभिन्न धार्मिक, सांकृतिक तथा सामाजिक क्रियाकलापमा आवद्ध भै सहयोग प्रदान गरेको कुरालाई नेपालको परिप्रेक्ष्यमा अति प्रशंसनीय एवं अनुकरणीय मानिएको छ ।

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धी सुविधा उपलब्ध गराइरहेको सिटी एक्सप्रेसले समस्त नेपालीको महान चाड दशैँ, तिहार र छठ्लाइ लक्षित गर्दै आफ्ना उपभोक्ताहरु संग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने 'लखपतिएक्स्प्रेस' उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले रु १०,००० र हरेक महिना लक्कीड्र मा विजयी हुने एक जनालाई रु १,००,००० उपहार प्रदान गरिने छ । 

उपहार योजनाको अन्त्य मा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२,००,००० जित्न सक्ने छन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ । कम्पनीका अनुसार यो 'लखपति एक्स्प्रेस' अफर असोज १ गते देखि मंसिर २९गते सम्मलागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना मार्फत जम्मा ११२० जना उपभोक्ताहरु विजेता हुनेछन् । यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु हुनेछैन ।
प्रकाशित : Sunday, September 16, 2018

recent

Popular Posts