गुहेश्वरी फाइनान्सले दिने भयो ५.२६% नगद लाभांश

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले ५.२६% नगद लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम पुँजीको ५.२६% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले नगद लाभांशमा ४ करोड २१ लाख ५ हजार ६०० रुपैयाँ खर्च गर्ने भएको छ ।

यो नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने कम्पनीले जनाएको छ । हाल गुहेश्वरीको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । 
प्रकाशित : Tuesday, September 18, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal