×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : आइएमइ जनरल इन्सुरेन्सका ‘गैरकानुनी’ सञ्चालक योगेश्वर शर्मा ढकालद्वारा राजीनामा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : आइएमइ जनरल इन्सुरेन्सका ‘गैरकानुनी’ सञ्चालक योगेश्वर शर्मा ढकालद्वारा राजीनामा !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- बीमासम्बन्धि कानुनको धज्जी उडाउँदै आइएमइ जनरल इन्सुरेन्सको संचालक समितिमा बसेका योगेश्वर शर्मा ढकालको कर्तुत अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि अन्तत: उनले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रचलित नियम मिचेर आइएमइ कोअपरेटिभ सर्भिसेस र आइएमइ जनरल इन्सुरेन्स कम्पनी दुबैमा संचालक बनेका उनले आफ्नो कर्तुत समाचारको रुपमा बाहिर आएपछी अन्तत आइएमइ जनरल इन्सुरेन्स छोडेका हुन् । उनी अव आइएमइ कोअपरेटिभमा मात्र कार्यरत हुनेछन् । उनी त्यहाँ अध्यक्ष छन् । उनी स्वयम् ले पनि आफुले कम्पनीबाट राजीनामा दिइसकेको पुष्टी गरे । 
‘अर्थ सरोकारमा समाचार आएपछि यो कुराले कम्पनीमा राम्रै चर्चा पायो । त्यसपछि योगेश्वर शर्मा ढकालले नै कम्पनीमा प्रकाशित समाचारबारे चासो राखे ।’ आइएमइ जनरल इन्सुरेन्सका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने, ‘अवको केहि दिनमा नेप्सेमा उनले राजीनामा दिएको र उक्त राजीनामा बोर्डले स्वीकृत गरेको सूचना पनि आउनेछ । तर उनले राजीनामा भने दिइसकेका छन् ।’ ती कर्मचारीका अनुसार एक अर्का संचालकका बारेमा पनि कम्पनीमा कुरा उठेको छ । ‘नियम नै हेर्ने हो भने अर्का एक संचालक पनि अयोग्य छन् । उनी पनि अर्को एक कम्पनीमा संचालक छन् । तर उनले भने उताको कम्पनी छोडेर आइएमइ जनरल इन्सुरेन्समा बस्नेगरी प्रक्रिया अगाडी बढाएका छन् ।’ ती कर्मचारीले अर्थ सरोकार डटकमसँग कम्पनीको अर्को पोल पनि खोले ।
अर्थ सरोकार डटकमले यसअघि योगेश्वर शर्मा ढकाल गैरकानुनी रुपमा पदमा बसेको भन्दै समाचार प्रकाशन गरेको थियो भने त्यसको निरन्तर फलोअपसमेत गरेको थियो ।
हेर्नुहोस् अर्थ सरोकार डटकमले प्रकाशित गरेका उनको कर्तुतबारेका खबर :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: