×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश विकास बैंकको तीन नयाँ शाखा महेन्द्रनगर, वीरेन्द्रनगर र छिञ्चुमा

PRIME CA

कैलाश विकास बैंकको तीन नयाँ शाखा महेन्द्रनगर, वीरेन्द्रनगर र छिञ्चुमा

८ आश्विन २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं  – देशका सबै वर्गसम्म वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले कैलाश विकास बैंकले थप तीन शाखा सञ्चालन गरेको छ । शाखा विस्तारका क्रममा बैंकले कञ्चनपुरको महेन्द्रनगरमा तथा सुर्खेतको वीरेन्द्रनगर र छिञ्चुमा शाखा स्थापना गरेको हो । आइतवार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच महेन्द्रनगर शाखाको प्रदेश ७ का प्रदेश सांसद लालबहादुर खड्काले, वीरेन्द्रनगर शाखाको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले तथा छिञ्चु शाखाको भेरी गङ्गा नगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्दले उद्घाटन गरेको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योसमेत गरी बैङ्कको शाखा सङ्ख्या ७० पुगेको सो अवसरमा जानकारी दिइयो ।
थप शाखा सञ्चालनले स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैंकको विश्वास छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैंकको भनाइ छ । बैंकले निकट भविष्यमा देशका विभिन्न स्थनामा शाखा सञ्चालनको तयारी गरेको सो अवसरमा बताइयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: