नेप्सेमा ३ कम्पनीको ६८ लाख ९ हजार ६३३.९४ कित्ता सेयर सुचिकृत, कुन कम्पनीको कति ?

काठमाडौं -  नेपाल स्टक एक्सचेन्जमा ३ वटा कम्पनीको सेयर सुचिकृत भएको छ । प्रभु बैंक, ग्रिन डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सको कुल ६८ लाख ९ हजार ६३३.९४ कित्ता सेयर सुचिकृत भएको हो ।

नेप्सेमा सबै भन्दा बढी सेयर ग्रिन डेभलपमेन्ट बैंकको ४० लाख कित्ता र त्यस पछि प्रभु बैंकको २३ लाख २६ हजार २७८ कित्ता सेयर हकप्रदमा सुचिकृत भएका छन् भने  एशियन लाइफ इन्स्योरेन्सको ४ लाख ६३ हजार ३५५.९४ कित्ता सेयर बोनसमा सूचिकृत भएको छ ।
प्रकाशित : Thursday, September 06, 2018

recent

Popular Posts