×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गाह्रो-साह्रो पर्दा बीमा कम्पनीबाट ठूलो सहयोग हुन्छ, भइपरी आउँदा परिवारलाई राहत हुन्छ, त्यसैले सबैले बीमा गरौँ’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

‘गाह्रो-साह्रो पर्दा बीमा कम्पनीबाट ठूलो सहयोग हुन्छ, भइपरी आउँदा परिवारलाई राहत हुन्छ, त्यसैले सबैले बीमा गरौँ’

  • रेखा चन्द / अर्थ सरोकार डटकम

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले यूनियन लाइफ इन्स्योरेन्सका सीइओ मनोज लाल कर्णसँगको अन्तर्वार्ता प्रस्तुत गरेका छौं । उनीसँग हामीले समग्र बीमा व्यवसायका सम्भावना र समस्याबारे कुरा गरेका छौं । आजको कार्यक्रममा हामीले उनीसँग बीमा किन गर्ने भन्ने विषयमा समेत खास कुराकानी गरेका छौं भने उनी कार्यरत संस्था यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बारेमा समेत कुराकानी गरेका छौं ।



युनियन लाईफ इन्स्योरेन्सको पर्फमेन्स कस्तो छ ? कम्पनी कस्तो भईंरहेको छ ?

युनियन लाईफ इन्स्योरेन्सको पर्फमेन्स एकदमै राम्रो भईरहेको छ । कम्पनीले २०७४ असोज ४ गते बीमा समिति बाट ‘अपरेटिङ लाइसेन्स’ पाएको हो । असोज ६ गते कम्पनीको उद्घाटन भएको थियो भने सोहि सालकै कार्तिकबाट व्यवसाय सुरु गरेका हौँ । असारमसान्तसम्मा वा  करिब ९ महिनाको अन्तरालमा कम्पनीले ८६ करोड ५० लाख को विजनेश ल्यायौं । पर्फमेन्सको हिसाबले हेर्दा धेरै रामो छ र अगामी दिनमा पनि राम्रो हुन्छ भन्ने  विश्वास लिएको छु ।
यूनियन लाइफ इन्स्योरेन्स खुलेको छोटो समयमै बजारमा राम्रो उपस्थिति देखियो भन्ने भन्ने चर्चा छ । यो सफलताको रहस्य वा  राज के हो ?
यसको मुख्य रहस्य भनेको हामीसँग ‘टिम वर्क’ छ । बीमा क्षेत्रमा नै काम गरेका कर्मचारीहरु छन् । हामीले एउटा सिस्टम बनाईदिएका छौँ सबै अटोमेटिक आफ्नो आफ्नोे काम भईरहेको हुन्छ । हाम्रो फोकस नै तालिममा हुन्छ । बीमा अभिकर्ताहरु समय समयमा तालिम दिने वा दिईरहेको पनि छौँ । हेड अफिसमा हेर्नुभयो भने नयाँ बीमा अभिकर्ता, पूराना बीमा अभिकर्ता सबैलाई बोलाएर हामीले दिनँहु तालिम  दिईरहेका छौँ । हेड-अफिसमा मात्र नभएर ब्रान्स इन्चार्ज, स्टाफ लगायतका मानिसहरुले ७५ वटै शाखाबाट गाउँ तथा बजार लगायतका ठाउँहरुमा तालिम दिईरहेका छन् ।  उक्त तालिम, प्रशिक्षणको काम, मिहेनत र टिमवर्क को कारणले सानो समयमा नै राम्रो विजनेश व्यपार गर्न सकिरहेका छौँ । 
नेपालको बीमा क्षेत्रका समस्याहरु र कमजोरीहरु के के हुन् जस्तो लाग्छ ?
मलाई बीमा क्षेत्रमा समस्या र कमजोरीहरु केही छैन जस्तो लाग्छ । बीमाको बजार पूरै खाली छ । नेपालमा ११ प्रतिशत मानिसहरुले मात्र बीमा गरेका छन् वा बीमाको पहुँचभित्र छन् । बाँकी बीमाको ८९ प्रतिशत बजार खाली नै छ । त्यसैले कुनै समस्या लाईफ इन्स्योरेन्सहरुलाई छैन । बीमाको सबै मार्केट भएका कारणले बीमा क्षेत्रमा चुनौती पनि छैन । हरेक बीमा कम्पनीहरुले स्वस्थ्य प्रतिस्पर्धाका हिसाबले बजारमा गईरहेका छन् र बीमा पनि पाईरहेका छन् । त्यसैले मेरो हिसाबले बजारमा बीमामा कुनै समस्या र चुनातीहरु छैन । 
नियामक संस्था बीमा समिति अलि ‘पेसिभ’ भयो भन्ने आरोप छ । तपाईले यति लामो बीमना क्षेत्रमा काम गर्नुभएको छ, तपाईलाईं कस्तो लाग्छ ?
मैले अहिले बीमा समिति प्यासिभ भएको जस्तो लाग्दैन । बीमा समिति ‘एक्टिभ’ नै हो ।  कहिलेकसो बीमा समितिको बारेमा बुझदा कहिले पोखरा, कहिले धनगढी, विर्तामोड, जनकपुर लगायतका विभिन्न ठाउँहरुमा जति बीमा कम्पनीहरुले घुम्नुपर्ने हा त्यति  नै बीमा समिति पनि घुमिरहेको छ । त्यसैले बीमा समितिको धेरै ठूलो भूमिका भएका कारणले अहिलेको स्थितीमा बीमा समिति प्यासिभ छ भन्ने मिल्दैन । गत वर्षमा ४० प्रतिशत बीमाको व्यवसाय वृद्दि भएको छ । यसपाली पनि ४०÷५० प्रतिशत वृद्दि हुन्छ । कसरी भन्दा बीमा कम्पनीहरु र बीमा समिति एग्रिंसिभली ले गईरहेको छन् । 
अबको ५ वर्षमा युनियन लाइफ इन्स्योरेन्स कतिऔँ नम्बरमा पुग्छ ? यसका  लागि कस्तो तयारी गरिरहनुभएको छ ?
नम्बरको हिसाबलले हामीले कुनै तयारी गरेका छैनौं। हामीले व्यापार विजनेश लएकदम राम्रो हुनुपर्छ भन्ने स्वभावले तयारी गरिरहेका छौँ । मलाई लाग्छ आउने वर्षसम्ममा युनियन लाइफका करिब १०० वटा जति शाखा हुन्छन् । बीमाको पहुँच बाहिर रहेका ठाउँहरुमा हामी जान्छौँ । उक्त ठाउँमा शाखा खोलनुका साथै बीमा  अभिकर्ता समेत उत्पादन गर्छाैँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: