मेगा बैंकको शाखारहित बैङ्किङ सेवा उदयपुरको देउरीमा, थापा र आजमले गरे उद्घाटन

काठमाडौं - मेगा बैंकले सेवा विस्तारका क्रममा उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमाबाट शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । उक्त सेवाको त्रियुगा नगरपालिका वडा नं. ५ का अध्यक्ष उद्धवकुमार थापा र बैङ्कको रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

बैङ्कले १ सयभन्दा बढी शाखा तथा १ सय १९ शाखारहित बैङ्किङ सेवामार्फत वित्तीय सेवा प्रदान गराउँदै आएको सो अवसरमा जानकारी दिइयो । शाखारहित बैङ्किङ सेवाबाट खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने र १० लाखसम्मको सरल कर्जा उपलब्ध हुने बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित : Tuesday, September 18, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal